वीरगन्जमा राति ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु

२०८२ भाद्र २३, सोमबार २१:३९
file image

सर्लाही – पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगर क्षेत्रलाई सोमबार रातिदेखि कर्फ्यु आदेशमार्फत बन्द गरेको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) अनुसार सोमबार राति करिब ८ बजे आदेश जारी गर्दै राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिएका हुन्।

कर्फ्यु क्षेत्रको सीमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म तोकिएको छ।

मंगलबार जेन–जी समूहले वीरगन्जमा प्रदर्शनको तयारी गरिरहेका बेला सुरक्षा संवेदनशीलता उच्च भएको भन्दै प्रशासनले अघि–भड्काइ रोक्न कर्फ्यु आदेश जारी गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार