मलंगवा – सर्लाही प्रहरीले जसपा मधेश प्रदेश अध्यक्ष एवं पूर्व प्रदेशसभा सदस्य अशोक यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आज बिहान मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादवमाथि सर्लाही प्रहरी प्रमुखलाई गालीगलौज गरेको, आपराधिक उपद्रमा संलग्न भएको र राज्यविरुद्धको गतिविधिमा संलग्न भएको आरोप छ । यही आरोपका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

यसअघि असारको अन्तिमतिर पूर्वाधार विकास कार्यालय मलङ्गवामा भुक्तानीसम्बन्धी विवाद हुँदा यादवले प्रहरी उपरीक्षकसँग गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उक्त घटनापछि फरार रहेका यादव आज पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका यादवविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ ।





