डेटा र भ्वाइस सेवा नि:शुल्क दिदै नेपाल टेलिकम, यस्तो छ लिने तरिका

२०८२ भाद्र २५, बुधबार १३:५६

सर्लाही – नेपाल टेलिकमले आफ्ना ग्राहकलाई तीन दिनसम्म भ्वाइस कल र इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएको छ।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हिजो रातिदेखि लागू भएको यो सुविधा असाधारण परिस्थितिलाई ध्यानमा राखी स्वदेश तथा विदेशमा रहेका आफन्तबीच सम्पर्क सहज बनाउनका लागि प्रदान गरिएको हो।

ग्राहकहरूले डेटा सुविधा पाउन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्नुपर्ने छ।

प्रवक्ता मानन्धरले निशुल्क उपलब्ध गराइएको इन्टरनेट १ एमबीपीएस क्षमताको रहेको र भ्वाइस कल भने नेपाल टेलिकमको आफ्नै नेटवर्क (अननेट) भित्र मात्र प्रयोग गर्न सकिने बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार