सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ। शान्तिपूर्ण आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी जस्ता अराजक गतिविधि गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जेन–जी आन्दोलनका नाममा अशान्ति मच्चाइएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र खड्काले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाईएको छ।

बुधबार बिहान मलंगवास्थित कारागार कार्यालयमा कैदीबन्दीले गरेको आन्दोलनपछि केही स्थानमा छिटफुट घटना भए पनि, अशोक यादवलाई नियन्त्रणमा लिएपश्चात् थप अप्रिय घटना नभएको प्रहरीको भनाइ छ। यादवलाई नियन्त्रणमा लिएपछि भने उनका समर्थकले बिरोध प्रदर्शन गरेका थिए।





