प्रधानसेनापति सिग्देलको चीन भ्रमण स्थगित

२०८२ भाद्र २६, बिहीबार २१:४३

सर्लाही – नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलको चीन भ्रमण अन्तिम क्षणमा रोकिएको छ। भदौ २७ देखि असोज ४ गतेसम्म तय गरिएको यो आधिकारिक यात्रा मुलुकको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको सैनिक मुख्यालयले जनाएको छ।

स्रोतका अनुसार देशमा देखिएको संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनप्रति निर्धारित भ्रमण असमयीन ठहर गर्दै स्थगित गर्ने निर्णय गरेका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार