सर्लाही – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ। उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने तयारी गरिएको राष्ट्रपति भवनले जनाएको छ।
जेन-जी पुस्ताद्वारा देशभर गरिएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयअनुसार कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिइएको हो।

राष्ट्रपति कार्यालयका प्रेस संयोजक किरण पोखरेलका अनुसार मन्त्रिपरिषद् तीन सदस्यीय हुनेछ र मन्त्रीहरूको नाम अन्तिम चरणमा पुगेको छ।
भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको नियन्त्रण र राजनीतिक अकर्मण्यताविरुद्ध गत सोमबार र मंगलबार देशका विभिन्न सहरमा जेन-जी युवाले प्रदर्शन गरेपछि देशको राजनीतिक गतिशीलता नयाँ मोडमा पुगेको छ।





