प्रधानमन्त्री कार्कीलाई जसपा नेपालका अध्यक्ष यादवको शुभकामना

२०८२ भाद्र २८, शनिबार १२:४९
file image

सर्लाही – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो महिला प्रधानमन्त्रीका रुपमा नियुक्त श्रीमती सुशीला कार्कीलाई बधाई दिएका छन्।

अध्यक्ष यादवले आज जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा संघीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिहरू सुरक्षित रहने र विधिको शासन मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि परेका समुदायहरूले न्याय र अवसर प्राप्त गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस:
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार