सर्लाही – सीके रावत नेतृत्वको जनमत पार्टीले मधेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । मधेशमा जनमतका सतिश कुमार सिंहको नेतृत्वमा सरकार छ।
मुख्यमन्त्री सिंहले यसअघि नै जेनजी आन्दोलन चर्केकै दिन मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामा घोषणा गरेको तर औपचारिक प्रक्रिया सुरु नगरेको भन्दै उनको आलोचना भइरहेको थियो।

यही बीचमा पार्टीले उनलाई फिर्ता बोलाएको छ। जनमतबाट मुख्यमन्त्रीम सतिषकुमार सिंह, वन तथा वातावरण मन्त्री संजय यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा मन्त्री छ्न्।






