सर्लाही – नख्खु कारागारबाट फरार एक कैदी सर्लाहीमा पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका मलंगवा नगरपालिका–७ का करिब ३० वर्षीय फिरोज मंसुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत २५ भदौमा जेन–जी आन्दोलनको क्रममा मंसुर नख्खु कारागारबाट भागेका थिए।

उनी आफ्नै घरमा लुकीछिपी बसेको गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो। हाल मंसुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ भने कारागार कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।





