सर्लाही – महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुर–बारा सिमानाको चुरियामाई नजिकै मंगलबार दिउँसो नेपाली सेना सवार जिप दुर्घटनामा परेको छ । प्रहरीका अनुसार अनियन्त्रित बनेको जिप करिब ५० मिटर तल खस्दा १५ जना सेनाका जवान घाइते भएका छन् ।
उनीहरूलाई स्थानीय सुरक्षाकर्मी र सर्वसाधारणको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौंडातर्फ लगिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले जिप तीव्र गतिमा रहेको र मोडमा सन्तुलन गुमाएर सडक बाहिर खसेको बताएका छन् ।

मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार जिप तनहुँबाट हेटौंडा हुँदै धनुषा जाँदै थियो । दुर्घटनाको थप कारणबारे अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।





