बडादशैंको टीकाको उत्तम साइत ११ः५३ मा

२०८२ भाद्र ३१, मंगलवार १७:३६

सर्लाही – यस वर्षको बडादशैंमा टीका लगाउने उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान ९ः२३ बजे देवी विसर्जन गर्ने साईत रहेको छ भने टीका लगाउँदा लगाईमाग्ने पूर्व दिशातर्फ फर्किनुपर्ने समितिले जनाएको छ।

समितिले जारी गरेको सूचना अनुसार २०८२ सालको बडादशैं असोज ६ गते घटस्थापनासँग सुरु हुनेछ। घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा पर्छ। यसपछि असोज ७ गते मंगलबार बिहान ९ः५३ मा झण्डा फेर्ने साइत तोकिएको छ। असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ।

त्यसैगरी असोज १३ गते सोमबार बिहान ७ः१७ मा श्री तुलजाभवानी यात्रा र सोही दिन बिहान ९ः२३ मा स्थिरासन हुने समितिले जनाएको छ। त्यही दिन फूलपाती पर्व मनाइनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार