मधेश प्रदेशसभाको सरसफाइमा जुटे कर्मचारी

२०८२ आश्विन १, बुधबार १६:२०

सर्लाही – जेन-जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेको मधेश प्रदेशसभा अहिले सरसफाइ र मर्मत कार्यमा व्यस्त छ।

सभामुख रामचन्द्र मण्डलको पहलमा प्रदेशसभाका कर्मचारी स्वयं मैदानमा उत्रिएर कोठा कोठा सफा गर्न र क्षतिग्रस्त सामग्री हटाउन लागि परेका छन्।

आगजनीका कारण सभा हलभित्रका बेञ्च कुर्सीदेखि साउन्ड सिस्टम र बिजुलीका उपकरणसम्म जलेर नष्ट भएका थिए। तत्काल काम चलाउने अवस्था बनाउन सरसफाइ र आवश्यक मर्मत सुरु गरिएको सभामुख मण्डलले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार