लोसपाले संविधान दिवसमा जेनजी आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने

२०८२ आश्विन १, बुधबार १६:४२

सर्लाही – ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यस वर्षको संविधान दिवसलाई शोक दिवसका रूपमा मनाउने घोषणा गरेको छ।

बुधबार राजधानीमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाउने युवाप्रति गहिरो शोक व्यक्त गर्दै असोज ३ गते संविधान दिवसलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिंदै पार्टीका उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले भने, “जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।”

गत भदौको आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका छन् भने सयौँ युवा घाइते भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार