नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न भारतको अनुमति

२०८२ आश्विन २, बिहीबार १९:४३

सर्लाही – आगामी चाडपर्वलाई लक्षित गर्दै नेपाललाई भारतले २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनईसीएल) मार्फत हुने यो आयातको समयसीमा सन् २०२६ सेप्टेम्बर ३० सम्म रहनेछ।

नेपालमा चिनी आपूर्तिको जिम्मा बहन गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दसैं र तिहारमा बढ्ने चिनीको मागलाई ध्यानमा राख्दै गरिएको यो व्यवस्थाले बजारमा सहज आपूर्ति हुने अपेक्षा व्यक्त गरिन्।

उनका अनुसार चाडपर्व नजिकिँदै गर्दा माग उच्च भएपछि चिनीको मूल्य वृद्धि हुने गरेको अनुभव छ। तर भारतबाट आयातको अनुमति पाएको यसपटक भने आपूर्ति सहज भई मूल्य स्थिर रहने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार