सर्लाहीमा आज ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

२०८२ आश्विन ३, शुक्रबार ०८:३७

मलंगवा – सर्लाही जिल्लामा आज ४ घण्टा विद्युत आपूर्ति पूर्णरूपमा बन्द हुने भएको छ।

नवलपुरस्थित सव – स्टेशनमा रहेको ६३ एमभिए ट्रान्सफर्मरको एचभी साइड सर्किट ब्रेकरको कन्ट्रोल वाइरिङ कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण लाइन सट – डाउन गर्ने नेपाल विद्युत प्राधिकरण शाखा मलंगवाले जनाएको छ।

शाखाका अनुसार अनुसार जिल्लाका लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा आजको निर्धारित समयसम्म बिजुली काटिनेछ।

यस अघि पनि मर्मत सम्भारका क्रममा सोही सबस्टेशनबाट घण्टौँ विद्युत अवरुद्ध गरिएको थियो। तर प्राधिकरणले तोकेको भन्दा बढी समयसम्म बिजुली नआएको उपभोक्ताहरुको गुनासो रहँदै आएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार