समस्या परे गृह मन्त्रालयको ‘सहायता कक्ष’मा सम्पर्क गर्न आग्रह

२०८२ आश्विन ३, शुक्रबार १८:२६

सर्लाही – जेन–जी आन्दोलनपछिका घटनाक्रमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले नागरिकका समस्या तथा सूचना संकलनका लागि ‘सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ।

मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार हाल उत्पन्न भइरहेका सामाजिक गतिविधि र सम्भावित अस्थिर अवस्थालाई सहज बनाउन यो कक्ष सञ्चालन गरिएको हो।

नागरिकले समस्या, गुनासो वा सुझाव साझा गर्न ९८५१३६०६०३ नम्बरमा प्रत्यक्ष फोन गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। साथै सो नम्बरमा एसएमएस, ह्वाट्स्एप र भाइबरमार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयले आम नागरिकलाई घटनाबारे समयमै जानकारी दिन, सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्न र आवश्यक सहयोग प्राप्त गर्न यो सुविधा उपयोग गर्न आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार