मलंगवा – जेन-जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीबाट सर्लाही जिल्लामा मात्र ६३ करोड ५५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ४७ करोड २० लाख बराबरको पूर्ण, १४ करोड ३० लाख बराबरको आंशिक र दुई करोड पाँच लाख बराबरको सामान्य क्षति भएको छ।

सबैभन्दा बढी क्षति स्थानीय तहमा पुगेको छ। लालबन्दी नगरपालिकामा मात्र १७ करोड, ईश्वरपुरमा १२ करोड, बरहथवामा १० करोड, चन्द्रनगरमा तीन करोडसहित अन्य नगरपालिकामा पनि ठुलो क्षति भएको प्रशासनले जनाएको छ।
त्यसैगरी कृषि ज्ञान केन्द्र मलङ्गवा, प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाइ, हुलाक कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला अदालतमा समेत करोडौं बराबरको क्षति पुगेको विवरणमा उल्लेख छ।
निजी सम्पत्तिको विवरण संकलन भइरहेको र तोडफोडमा संलग्नको पहिचान गरी कारबाही अघि बढाइने जिल्ला प्रशासनले जनाएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी फोटो र भिडियो संकलन कार्य भइरहेको छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीका आठ पालिकामा सेवा ठप्प, आगजनी र तोडफोडबाट कार्यालय र सवारी साधन खरानी
– जेन-जी आन्दोलन: मधेशका प्रहरी कार्यालयमा ११ करोडको क्षति





