सर्लाही – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएपछि थप उपचारका लागि भारत लैजान लागिएको छ।
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै घरमा भएको तोडफोड र आगजनीमा गम्भीर घाइते भएकी चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत थिइन्। उपचारको क्रममा इन्फेक्सन फैलिँदा उनको बायाँ हात काटिएको थियो।

तर पछिल्लो केही दिनयता उच्च ज्वरो र निमोनियाले स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकको सिफारिसमा उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ।





