सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्।
जेन–जी आन्दोलनको परिणामस्वरूप बनेको अन्तरिम सरकारको तर्फबाट कार्कीले साँझ ६ बजे पहिलोपटक जनतासमक्ष सरकारका प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेकी हुन्।

सम्बोधनलाई प्रभावकारी बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा तयारी अघि बढाइएको छ। यसमा मुख्यसचिवसहित अन्य केही सचिवहरूको समेत सक्रिय संलग्नता रहेको बताइएको छ।
प्रधानमन्त्रीको सम्बोधनअघि भोलि साँझ मन्त्रिपरिषद् बैठक बस्ने कार्यक्रम पनि तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।





