सप्तरीको छिन्नमस्ता शक्तिपीठमा भक्तजनको भीड

२०८२ आश्विन ९, बिहीबार २१:१९

सर्लाही – सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ।

यस स्थलमा पूजा अर्चना र दर्शन गर्दा सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ। नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ गरिँदै आएको भए पनि यस वर्ष सुरु दिनदेखि नै श्रद्धालुको भीड बाक्लिँदै गएको पीठाधिस महाकान्त ठाकुरले जानकारी दिए।

उनका अनुसार गत वर्ष करिब १० लाख भक्तजनले दर्शन तथा पूजा गरेका थिए भने यस वर्ष सो संख्याभन्दा बढी आउने अनुमान गरिएको छ। ठाकुरका भनाइमा, नवरात्रका अवसरमा नेपालका विभिन्न ठाउँका साथै भारतको दिल्लीसम्मबाट समेत भक्तजन यहाँ आउने गर्छन्।

श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखी शक्तिपीठ परिसरमा निःशूल्क भोजन, धर्मशाला, खानेपानी, पार्किङ सुविधा तथा सुरक्षा व्यवस्थाका लागि सीसीटीभी क्यामेरा जडान गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार