सर्लाही – नेपाल प्रहरीले विभिन्न पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार १,५९४ पदका लागि आवेदन खुला गरिएको हो।
यस अन्तर्गत प्रहरी जवानतर्फ १,५५३ जना, प्रहरी कार्यालय सहयोगी समूहअन्तर्गत हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना रहनेछन्। सूचनामा प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा पास गरेको हुनुपर्ने स्पष्ट गरिएको छ।

इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेभित्र तोकिएका आवेदन केन्द्रमा उपस्थित भई दरखास्त दिन सक्नेछन्। फाराम सातै प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमार्फत बुझाउन सकिने छ।
त्यस्तै, खेलाडी श्रेणीमा आवेदन दिने उम्मेदवारले भने काठमाडौंस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा दरखास्त दिनुपर्नेछ।
सूचना:









