भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

२०८२ आश्विन १०, शुक्रबार १०:५९

सर्लाही – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। नेपालले आउँदो अक्टोबर २६ मा सिक्किममा भारतसँग खेल खेलने कार्यक्रम छ।

यस पटक एन्फाले ३५ खेलाडीलाई प्रारम्भिक टोलीमा राखेको छ।

गोलकिपर
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी।

डिफेन्डर
निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी।

मिडफिल्डर
विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सनु परियार र सुक्रिया मिया।

फरवार्ड
रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी।

मैत्रीपूर्ण खेललाई आगामी प्रतियोगिताको तयारीको अवसरका रूपमा लिइएको एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार