राजनीतिक दबाबले रोकिएका फाइल खोल्न गृहमन्त्री अर्यालको निर्देशन

२०८२ आश्विन १०, शुक्रबार १२:३२
file image

सर्लाही – गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक सम्बन्ध र दबाबका कारण रोकिएका सबै अनुसन्धान फाइल खोल्ने निर्देश दिएका छन्।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय निरीक्षण गर्ने क्रममा मन्त्री अर्यालले प्रहरीलाई कानुनलाई आधार मानेर काम गर्नुपर्ने स्पष्ट सन्देश दिएका हुन्।

उनले भने, “कुशासनका कारण आन्दोलन भएको हो, अब सुशासनको लागि कानुनअनुसार प्रहरीको काम प्रभावकारी हुनुपर्छ।” गृहमन्त्रीका अनुसार अब राजनीतिक कनेक्सनका नाममा कुनै पनि मुद्दा रोकिँदैन।

उनले प्रहरीलाई आगामी चुनाव सुरक्षासहित शान्ति, सुशासन र निष्पक्ष अनुसन्धानमा प्राथमिकता दिन निर्देशन दिएका छन्। त्यसैमा उनले जोडे, “अतीतमा राजनीतिक सम्बन्धका कारण रोकिएका वा बिथोलिएका फाइल अब अघि बढ्छन्। यस्तो काम दोहोरिन दिने छैनौं।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार