रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

२०८२ आश्विन १०, शुक्रबार १५:४२
सांकेतिक तस्बिर

सर्लाही – रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।

रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो दुई बजेर १४ मिनेटमा गएको हो।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार