रौतहटमा मिनिबस र स्कुटर ठोक्किँदा एक जना घाईते, मिनिबस चालक सर्लाहीका मनोज पक्राउ

२०८२ आश्विन १०, शुक्रबार २०:३९

सर्लाही – रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक मिनिबस (विङ्गर) र स्कुटर एकापसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा विपरित दिशाबाट आइरहेको प्र ०–३२–००२ ज ०२२९ नम्बरको विङ्गरले मधेश प्रदेश ०३–०३ प ४६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

दुर्घटनामा चन्द्रपुर नगरपालिका – ४ का ६० वर्षीय शिव प्रसाद तिमल्सिना घाइते भएका छन्। उनको नाक र कुममा चोट लाग्नुका साथै बाँया खुट्टा भाँचिएको छ। चन्द्रनिगाहपुरमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बीरगंज रिफर गरिएको छ।

घटनापछि विङ्गर चालक सर्लाहीको हरिवन नगरपालिका – ८ का ३२ वर्षीय मनोज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार