सप्तरीमा घाँस काट्न गएकी महिला मृत फेला

२०८२ आश्विन ११, शनिबार ०८:३०
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – १ मा एक महिला मृत फेला परेकी छन् । शुक्रबार दिउँसो घाँस काट्न गएकी करिब ५६ वर्षीया घुर्नीदेवी साह चुरे क्षेत्र नजिकैको खोलाको डिलमा अचेत अवस्थामा भेटिएकी हुन् ।

स्थानीयका अनुसार साह घाँस काट्ने क्रममा अचानक बेहोस भई ढलेकी थिइन् । दिउँसो करिब २ः३० बजेतिर खबर पाएर प्रहरी घटनास्थल पुगेका थिए । त्यतिबेला नै साहको मृत्यु भइसकेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले अत्यधिक गर्मीका कारण बेहोस भई ढल्दा उनको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ । आवश्यक मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार