प्रभु साहको टिप्पणी: ओलीले माफी मागेर राजनीतिबाट सन्यास लिनु एमाले र देशकै हित

२०८२ आश्विन १२, आईतवार ११:४२
आजपाका अध्यक्ष प्रभु साह

सर्लाही – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सक्रिय राजनीतिबाट सन्यास लिन आग्रह गरेका छन् ।

सर्लाहीको लालबन्दीमा शनिबार आयोजित आजपा मधेस प्रदेश कमिटीको बैठक तथा आगामी दशैं, तिहार र छठ पर्वका अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै साहले ओलीले राजनीतिक जीवनलाई ‘सम्मानपूर्वक टुंग्याउने बेला आएको’ टिप्पणी गरे ।

उनका अनुसार गुण्डुजस्ता सिमित भेला भन्दा पनि जनता सामु खुलेर गल्ती स्वीकार्दै सार्वजनिक माफी मागेर राजनीतिबाट अलग हुनु ओलीकै हितमा हुनेछ । “तर दुर्भाग्य, उनी अझै हठ, अहंकार र घमण्डमै अडिएका छन्, जुन लोकतन्त्रका लागि दुःखद छ,” साहले भने ।

एमालेप्रति पनि टिप्पणी गर्दै उनले भने, “अब एमालेले ओलीलाई अघि बढाउन छोड्नुपर्छ, किनकि उनको नेतृत्वले देशलाई फाइदा गर्न सक्दैन ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार