जेन–जी आन्दोलनमा ज्यान गुमाएका सर्लाहीका सुवेदीकी पत्नीलाई १५ लाख राहत हस्तान्तरण

२०८२ आश्विन १२, आईतवार १९:१६

मलंगवा – काठमाडौंमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देव कुमार सुवेदीका नजिकका हकदारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ।

नेपाल सरकारबाट विनियोजन भएको सो राहत अन्तर्गत सुवेदीकी पत्नी पार्वती अधिकारीलाई १५ लाख रुपैयाँ प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले आज (आइतबार) हस्तान्तरण गर्नु भएको हो।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोगस्वरूप राहत उपलब्ध गराउने निर्णय अनुसार रकम वितरण गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार