मलंगवामा बदलिदो अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ आश्विन १२, आईतवार १९:५६

मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाहीको आयोजनामा जिल्लामा ‘बदलिँदो अवस्थामा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम तथा विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

आईतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभाहलमा आयोजित उक्त कार्यक्रममा महासंघका अध्यक्ष ओमप्रकाश ठाकुरले अध्यक्षता गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता समाज परिवर्तनको आधारस्तम्भ भएको उल्लेख गर्दै बदलिँदो परिस्थितिमा सञ्चार माध्यमको जिम्मेवारी झन् बढेको धारणा व्यक्त गरेका थिए।

सत्य, निष्पक्षता र जन उत्तरदायित्वमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उनीहरूले पत्रकारहरूलाई आफ्नो भूमिकाप्रति सजग रहन आह्वान गरेसमेत गरेका थिए। कार्यक्रममा विजया दशमी, शुभ दिपावली तथा पवित्र छठ पर्वको अवसरमा सहभागीहरूले शुभकामना आदान प्रदान पनि गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी तुलसी बहादुर श्रेष्ठसहित तिनै तहका सुरक्षाकर्मीका प्रमुख, नागरिक अगुवाहरू र जिल्लाभरिका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार