जेनजी आन्दोलनका घाइतेलाई सरकारले भैपरीखर्च बापत २० हजार तत्काल दिदै

२०८२ आश्विन १२, आईतवार २१:२७

सर्लाही – सरकारले भदौ २३ र २४ गते जेन–जी युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भैपरी खर्चको रूपमा २० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते व्यक्तिहरूलाई सहज र प्रभावकारी उपचार सुनिश्चित गर्न रकम उपलब्ध गराइने छ। यस क्रममा पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको छ।

घाइते भएका व्यक्तिहरूले उपचारका लागि अस्पताल जाने बेला आफ्नो विरामी टिकट कार्डसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने गृह मन्त्रालयले जानकारी दिएको छ।

“नेपाल सरकारको निर्णयअनुसार आजैबाट परिचयपत्र वितरण कार्य प्रारम्भ गरिएको छ र घाइते भएका व्यक्तिहरूले तत्कालको भैपरी खर्च पाउन सक्ने” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार