सर्लाही – लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो खेलमा विजयी हुँदै नेपालले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको हो।
भर्खरै सम्पन्न दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित वेस्ट इन्डिजलाई पराजित गरेपछि नेपालले सिरिज जित सुनिश्चित गरेको हो। यो सँगै नेपाली क्रिकेट इतिहासमै पहिलो पटक वेस्ट इन्डिजजस्तो बलियो टोलीविरुद्ध टी–२० सिरिज उपाधि जित्ने उपलब्धि हासिल भएको छ।






