सर्लाही – सुनसरीको इटहरीमा एक जनाले काठको बटमले हानेर श्रीमतीको हत्या गरेका छन्।
खोटङ घर भई इटहरी उपमहानगरपालिका-१२ मा डेराभाडामा बस्ने खोटाङको ऐसलुखर्क गाउँपालिका-१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घरेलु विवादका क्रममा सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए।

घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको बताईएको छ। घटनापछि प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।





