
सर्लाही – भारततर्फ पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपाल आयल निगमले भित्र्याइएको इन्धनमा तत्काल मूल्य समायोजन नगर्ने जनाएको छ।
निगमका अनुसार भारतबाट आयात हुने पेट्रोलमा प्रति लिटर २४ पैसा, डिजेलमा २ रुपैयाँ ३५ पैसा, मट्टीतेलमा २ रुपैयाँ ३९ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३९ पैसा र खाना पकाउने ग्यास सिलिन्डरमा ३ रुपैयाँ ६० पैसासम्म मूल्य वृद्धि भएको छ।

तर, आसन्न चाडपर्वमा सर्वसाधारणलाई राहत मिलोस् भन्ने उद्देश्यले निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। निगमका अनुसार हाललाई मूल्य यथावत राखिएको भए पनि आगामी चरणमा मूल्य समायोजन गर्ने सम्भावना रहनेछ।