राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

२०८२ आश्विन १६, बिहीबार १०:१५

सर्लाही – राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष बडादसैँका अवसरमा आमनागरिकलाई टीका नलगाउने भएका छन्।

देशको पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिलाई मध्यनजर गर्दै टीका वितरण कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो।

विगतमा प्रत्येक वर्ष राष्ट्रपति निवासमै सर्वसाधारणलाई टीका लगाउने परम्परा रहँदै आएको भए पनि यसपटक त्यो कार्यक्रम रोकिएको छ। यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले पनि बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन्।

बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्की आफूले पनि टीका नलगाउने र अरुलाई पनि टिका नलगाइदिने सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार