पर्सामा युवक मृत फेला

२०८२ आश्विन १७, शुक्रबार ०८:३५

सर्लाही – पर्सामा युवक मृत फेला परेका छन्। जिल्लाको छिपहरमाई गाउँपालिका –३, जयमंगलापुरस्थित एक पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा भेटिएका छन्।

झलमहिया र भिस्वा जोड्ने पुलको पानीमा भारतीय नम्बर प्लेट बिआर २२ एएल १२७३ नम्बरको होण्डा साइन मोटरसाइकलसहित झलमहिया गाउँका ३२ वर्षीय प्रकाश साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार साह पुलमुनि खसेको अवस्थामा भेटिएका हुन्। उनको मृत्युको कारण भने अहिलेसम्म प्रस्ट हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार