सप्तरीमा हाईसको ठक्करबाट वृद्धाको मृत्यु

२०८२ आश्विन १८, शनिबार ०७:४३
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा हाईसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ। जिल्लाको तिरहुत गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर १ धनपुरीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो बाटो काट्दै गर्दा स्थानीय ७५ वर्षीया जगिया देवी पंजियारलाई काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख २५८२ नम्बरको हाईसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी पंजियारलाई तत्काल उपचारका लागि बिराटनगर पुर्‍याइए पनि बिराट नर्सिङ होममा चिकित्सकले मृत घोषित गरेका थिए। दुर्घटनामा संलग्न सवारी साधनसहित चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका – ४ का ४० वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार