पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा, सबैभन्दा धेरै मधेशमा

२०८२ आश्विन १८, शनिबार ११:३१
सांकेतिक तबिर

सर्लाही – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर विभिन्न स्थानमा वर्षा मापन गरिएको छ। जसमा मधेश प्रदेश सबै भन्दा बढी बर्षा भएको छ।

विभागका अनुसार वीरगञ्जमा पछिल्लो ६ घण्टामा मात्रै ६४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, रौतहटको गौरमा ५७, बाराको कलैयामा ५४, महेशपुरमा ५३, पर्साको टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर पानी परेको छ।

बागमती र गण्डकी प्रदेशमा पनि उल्लेख्य मात्रामा पानी परेको विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा ४१ मिलिमिटर वर्षा मापन भएको छ। खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।

यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने अन्य क्षेत्रको तुलनामा कम मात्र वर्षा भएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार