रौतहटमा नदीको पानीमा बगेर १० बर्षिय बालकको मृत्यु

२०८२ आश्विन २०, सोमबार १५:२३

रौतहट — रौतहटको लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ। जिल्लाको राजपुर नगरपालिका–८ बलुवा गोठटोलका गोनवर मियाका १० वर्षीय छोरा अरबाज मियाको सोमबार दिउँसो बगेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार दिउँसो करिब २ बजे घर नजिकै रहेको नहरमा बग्ने पानीमा नुहाउने क्रममा अरबाज बेपत्ता भएका थिए।

स्थानीयवासी र प्रहरीले खोजतलास गर्दा करिब ४० मिनेटपछि उनी फेला परेका थिए। त्यसपछि उनलाई राजपुर फरहदवास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार