सर्लाहीको मलंगवा नगरपालिकाद्वारा अस्थायी र करार सेवा सम्झौता रद्द

२०८२ आश्विन २०, सोमबार १८:४२

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । असोज १२ गते आइतबारदेखि लागू हुने गरी नगरपालिकाले सूचना निकालेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीका अनुसार, संघीय सरकारको निर्णय र परिपत्रका आधारमा अस्थायी र करार सेवा सम्झौता रद्द गरिएको उनले बताएका छन् ।

सूचनामा उल्लेख भएअनुसार यही असोज ५ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले संघीय सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीवाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र गरेर अस्थायी र करार सेवा सम्झौता रद्द गर्न भनेको छ ।

संघीय मन्त्रिपरिषद्को निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रको आधारमा मलंगवा नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरूको नियुक्ति र करार सम्झौता असोज १२ गते आइतबारदेखि लागू हुने गरी रद्द गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार