एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

२०८२ आश्विन २२, बुधबार १४:४९

सर्लाही – नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा बनेको सरकारसँग अब सहकार्य सम्भव नरहेको जनाएको छ। बुधबार बसेको एमालेको प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरी त्यसको औपचारिक घोषणा गरेको हो।

एमालेले सरकार जन अपेक्षा अनुसार काम गर्न असफल भएको, सुशासन र विकासका पक्षमा ठोस पहल नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप लगाएको छ। एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ।

यसपछि प्रदेशको राजनीतिक समीकरण फेरबदलको सम्भावना बलियो बनेको छ। एमालेले नयाँ सरकार गठनका लागि तयारी थालेको बताइएको छ। यसका लागि पार्टीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरेको बताईएको छ।

यस अघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेको निर्णयपछि मधेस प्रदेशमा सत्ता परिवर्तनको चर्चा थप चुलिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार