सर्लाही – महोत्तरीको जलेश्वर नगरपालिका – ६ धवौलीका ११ वर्षीय सलमान साफीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार आज दिउँसो खाल्डोमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए। पछि स्थानीयवासीले खोजी गर्दा उनी मृत अवस्थामा फेला परेका हुन्।

महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।





