जसपा नेपालको मधेस र कोशी प्रदेश समितिको अधिवेशन हुँदै

२०८२ आश्विन २४, शुक्रबार ०८:५३

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालले दुइ वटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ । पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते बिराटनगरमा हुने भएको छ भने मधेस प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ ।

बाँकी प्रदेश समितिहरु पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ । जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार