नयाँ बन्धकको सूची सार्वजनिक: नेपालका विपिनको नामपनि समावेश

२०८२ आश्विन २६, आईतवार ०९:४२

सर्लाही – गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ ।

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।

यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार