डा. सीके राउतको जनमत पार्टी फुट्यो

२०८२ आश्विन २६, आईतवार १९:५७
file image

सर्लाही – डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ। असन्तुष्ट नेताहरूको समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ।

निर्वाचन आयोगमा बुझाइएको निवेदनमा जनमत पार्टीका करिब २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरूको हस्ताक्षर रहेको जनस्वराज पार्टीका आर्थिक विभाग प्रमुख सुरेन्द्रनारायण यादवले जानकारी दिए।

उनका अनुसार आयोगमा निवेदन दर्ता भइसकेको छ र अन्य प्रशासनिक प्रक्रिया अघि बढिरहेको छ। यसअघि पार्टीबाट कारबाहीमा परेका दीपक साहले जनकपुरमा बसेको बैठकमार्फत ‘जनस्वराज पार्टी’ गठनको घोषणा गरेका थिए।

आज सोही पार्टीलाई औपचारिक रूपमा दर्ता गर्न निवेदन पेश गरिएको यादवले बताए। यादवका अनुसार जनमत पार्टीभित्रका थुप्रै असन्तुष्ट नेताहरूले नयाँ पार्टीमा सहमति जनाइसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार