सर्लाही – आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले रोमाञ्चक जीत हासिल गरेको छ।
पहिलो खेलमा नेपालले यूएईलाई रोमाञ्चक रूपमा एक रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २० ओभरमा १३९ रनमै समेटियो।

अन्तिम ओभरमा जितका लागि यूएईलाई १० रन आवश्यक रहेका बेला नेपाली बलर दीपेन्द्रसिंह ऐरीले दबाबपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई एक रनको नाटकीय जित दिलाए। यो जितसँगै नेपालले सुपर सिक्स चरणमा बलियो सुरुवात गरेको छ र आगामी खेलका लागि आत्मबल बढाएको छ।





