सर्लाही – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा देउवा स्वयं उपस्थित रहँदै खड्कालाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।

बैठकको अध्यक्षता समेत सभापति देउवाकै नेतृत्वमा भएको थियो । सोही अवसरमा उनले खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मा सम्हाल्ने जिम्मेवारी दिएका हुन् ।





