सर्लाही – महोत्तरी प्रहरीले ३० किलो अबैध लागुऔषध गाँजासहित सर्लाहीका दुई जनासहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्लाको बर्दिवास नगरपालिका – ४ पञ्चधुरा मन्दिर नजिक झाडीभित्र लुकाइराखिएको १० किलो गाँजासहित सर्लाही हरिवन – ४ का २३ वर्षीय डेनिस घिसिङ, २९ वर्षीय राज बुलन, जनकपुर उपमहानगरपालिका–२ का २६ वर्षीय धिरण यादव र २४ वर्षीय उमेश यादवलाई पक्राउ गरिएको हो।

यस्तै, जिल्लाकै मनराशिसवा गाउँपालिका – २ भोल्हीमा जाँचका क्रममा अनटेस्ट लेखिएको पल्सर मोटरसाइकलबाट २० किलो गाँजासहित मोटरसाईकल चालक महोत्तरी सोनमा – १ का ३१ वर्षीय राम भरोस यादवलाई पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकामाथि लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दायर गरिएको र जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए।





