जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता, अध्यक्षमा दीपक कुमार साह

२०८२ आश्विन २९, बुधबार १८:१८

सर्लाही – जनमत पार्टीबाट विभाजन भएपछि गठन भएको जनस्वराज पार्टी आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले असोज २८ गते बसेको बैठकबाट पार्टीको दर्ता निवेदन स्वीकृत गर्दै विधान, झण्डा र चुनाव चिन्हलगायतका विवरण अभिलेखमा समावेश गर्ने निर्णय गरेको हो। नवगठित पार्टीको अध्यक्षका रूपमा दीपककुमार साह चयन भएका छन्।

पार्टीले समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन (स्वराज) लाई आफ्नो वैचारिक मूलमन्त्र मानेको छ। साथै, नयाँ पुस्ताका चुनौतीहरूको व्यवहारिक समाधान र सहभागीमूलक राजनीतिक संस्कृतिको विकासमा आफू केन्द्रित रहने जनस्वराज पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार