राहत वितरणमा पक्षपातको आरोप, कोडैनाका बाढी पीडित सडकमा

२०८२ आश्विन ३०, बिहीबार ०८:४२

मलंगवा – सर्लाहीको कौडेनामा जनप्रतिनिधिले आफन्त र नातेदारलाई प्राथमिकता दिएर राहत बाँडेको आरोप लागेपछि बाढी पीडितहरू आन्दोलित भएका छन्।

बुधबार पीडितहरूले पूर्व–पश्चिम हुलाकी राजमार्ग अवरुद्ध गर्दै वास्तविक पीडितलाई मात्र राहत वितरण गर्न माग गरेका हुन्। असोज १८ गतेको भारी वर्षाले लखन्देखी खोलामा आएको बाढीले कौडेना गाउँपालिका – ३, पर्सा टोललगायत क्षेत्र डुबानमा परेका थिए।

पीडितहरुले राहत वितरणमा जनप्रतिनिधिका नजिकका मानिसहरू लाभान्वित भएको र वास्तविक पीडित भने बेवास्ता गरिएको गुनासो गरेका छन्। एक जना पिडितले भने – “जसका घरमा पानी पस्यो, ऊ भोक भोकै छ, जसको घरमा पानि नै पसेको छैन, ऊ राहतमा पाईरहेको छ।”

राहत वितरणमा पक्षपात भएको विरोधमा महिला, पुरुष र बालबालिकासहित स्थानीयवासीले सडकमा उत्रिएर चक्काजाम गरेका थिए। बाढीले अतिप्रभावित बनाएका कौडेना, रामनगर र बलरा क्षेत्रमा अहिले विभिन्न गैरसरकारी संस्थाहरूले राहत वितरण गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार