द सहारा सहकारीका धिरोज रायको विदाई

२०८२ आश्विन ३१, शुक्रबार ०९:१८

मलंगवा – द सहारा लोन एण्ड सेभिङ्स को–अपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवामा कार्यरत धिरोज रायको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राय सरुवा भई अब संस्थाको सेवा केन्द्र गरुडा रौतहटमा कार्यरत हुने भएका छन्।

विदाई समारोहमा संस्थाका अध्यक्ष नागेन्द्र कुमार र महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीको विशेष उपस्थितिमा रायलाई माया र शुभकामनासहित विदा गरिएको थियो।

कार्यक्रममा बोल्दै धिरोज रायले द सहारा सहकारीमा कार्यरत रहँदा पाएको सहयोग, सद्भाव र आत्मीयता आफ्नो व्यावसायिक यात्राको अमूल्य सम्पत्ति भएको बताए। उनले नयाँ जिम्मेवारी र स्थानमा पनि ईमानदारीपूर्वक सेवा जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाका सम्पूर्ण नेतृत्व, सहकर्मी र शुभेच्छुकप्रति आभार प्रकट गरे।

कार्यक्रममा मुख्य प्रबन्धक प्रमोद राय, लेखा अधिकृत मनोज साह, प्रशासकीय अधिकृत अल्का जैसवाल, ऋण अधिकृत राशु रानी र जितेन्द्र श्रीवास्तवसहितका कर्मचारीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार